बाँकेका लायन्स क्लबहरुको जाडोमा न्यानो उपहार

नेपालगन्ज : लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४७औं जन्मजयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार बाँकेका लायन्स क्लबहरुले जाडोमा न्यानो कपडा उपहार दिएका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. ४ का एरिया चिफ पुष्कर खड्काका अनुसार बिहान ११ लायन्स क्लब अफ नेपालगन्ज युनिटीले बास नेपाल नेपालगन्जको कपडा बैंकलाई न्यानो कपडा वितरण गरेको थियो ।
मध्यान्न १२ बजे लायन्स क्लब अफ नेपालगन्ज भेरीले पनि नेपालगन्ज १२ को शारदा आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको थियो । सोही विद्यालयमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको तर्फबाट पनि शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको थियो । दिउँसो १ बजे लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र जीवनले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेलभारमा स्टेशनरी वितरण गरेका थिए ।
दिउँसो २ बजे लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णले जानकी गाउँपालिकामा रहेको समाज विकास तथा प्रबद्र्धन केन्द्र अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको थियो ।

दिउँसो ४ बजे लायन्स क्लब अफ नेपालगन्ज पञ्चशील र सिटीले वडा नं. ७ मा न्यानो कपडा वितरण गरेको थियो ।

बेलुका ५ बजे लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले नील सागर आश्रम नेपालगन्जमा न्यानो कपडा, जुत्ता र खाद्यान्न सहयोग गरेको थियो । दिउँसो ३ बजे लायन्स क्लब अफ नेपालगन्ज न्यूरोडले नेपालगन्ज २० को इकार इंलिस मिडियम स्कुलमा वृक्षारोपण कार्यक्रम गरेको थियो । दिउँसो २ बजे लायन्स क्लब अफ नेपालगन्ज वाटरपार्र्कले राधाकृष्ण प्रावि अकलघरुवामा कुर्सी सहयोग गरेको थियो । विद्यार्थीलाई ध्यान पनि गराइएको थियो । चित्रकला प्रतियोगिता आयोजना गरेर विद्यार्थीलाई पुरस्कृत गरेको थियो ।