बाँकेको गोरखा स्कुलले भव्य रुपमा मनायो रजत जयन्ती
कोहलपुर : बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले रजत जयन्ती मनाएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले सोमबार विद्यालय २५ वर्ष पूरा गरेको अवसरमा निर्माण गरिएको रजत जयन्ती स्मारकको अनावरण गरेका हुन् । उपकुलपछि अर्यालले गोरखा स्कुल बाँके जिल्लाको शैक्षिक साख भएको बताए । रजत जयन्ती समापन समारोहलाई सम्बोधन गर्दै अर्यालले विद्यालयको शैक्षिक उचाइप्रति मुक्त कण्ठले प्रसंशा गर्दै देशलाई चाहिने योग्य जनशक्ति निर्माणमा गोरखा स्कुलको महत्वपूर्ण भूमिका रहेको प्रष्ट पारे ।
गुणस्तरीय शिक्षा प्रदान गरेर गोरखा स्कुलले एउटा युग पार गरेको उनको भनाइ थियो । विद्यालयका पूर्वविद्यार्थीहरु डाक्टर, इन्जिनियरहरुको रुपमा कार्यक्रममा सहभागिता जनाउनुले पनि गोरखाको ओज गर्विलो भएको पुष्टि भएको उनको भनाइ थियो । सो अवसरमा उनले विद्यालयले रजत जयन्तीको अवसरमा प्रकाशित गरेको ‘गोरखा स्मारिका’को विमोचन गरेका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथी एवं संघीय शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले गोरखा स्कुल पश्चिम क्षेत्रमै शैक्षिक क्षेत्रमा चलायमान विद्यालय भएको औंल्याउदै देशकै नवीनतम् ज्ञान सीप र क्षमता भएका जनशक्ति उत्पादन गर्नेमा आपूm विश्वस्त रहेको विचार ब्यक्त गरे । उनले बाँकेमा आपूm जिल्ला शिक्षा अधिकारी रहँदा विद्यालय स्थापना भएको स्मरण गर्दै विद्यालयले विगत दुई दशकभन्दा बढी समयदेखि यस क्षेत्रको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गरे ।
उनले भने, “२५ वर्षको यो यात्रा आफैंमा एउटा गौरवपूर्ण इतिहास हो, यस विद्यालयले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।’’
कार्यक्रममा विद्यालयमा स्थापनाकालदेखि हालसम्म निरन्तर सेवा प्रदान गर्ने शिक्षक कर्मचारीहरु र पूर्व विद्यार्थीहरु, पूर्व शिक्षक कर्मचारी र पूर्व अभिभावकहरुलाई सम्मान गरिएको थियो भने विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रर्दशनी लगायत गतिविधि गरिएको थियो । सो समारोहमा लुम्विनी प्रदेशसभा सदस्य वसन्ती अधिकारी, जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सीता कार्की, बैजनाथ गाउँपालिकाका प्रमुख प्रकाश शाही, कोहलपुर नगरपालिकाका उप प्रमुख संगीता सुवेदी, बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङ, जिल्ला शिक्षा समन्वय समिति बाँके प्रमुख धनसुदन चौलागाई, प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपाने, प्रहरी उपरीक्षक अंगुर जिसी, लगायत बाँके जिल्लाका कार्यालय प्रमुखहरु, क्याम्पस प्रमुखहरु, सरकारी तथा संस्थागत विद्यालयका संस्थापक/प्रधानाध्याकहरु, संस्थापक शेयर धनीहरु, पूर्वअभिभावक, विद्यार्थी र सामाजिक ब्यक्तिवहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालयका संस्थापक अध्यक्ष केशर बहादुर आलेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा अभिभावक लक्षित स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमका साथै बिभिन्न स्टलहरुमार्फत शैक्षिक कलाको प्रर्दशनी समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष आलेले शैक्षिक क्षेत्रमा गुणस्तरिय शिक्षा, ब्यबहारिक शिक्षा एवं वाल वालिकाको चाहना बमोजिमकोे शिक्षा प्रदानमा गोरखा स्कुलले कुनै कन्जुस्याइँ नगरेको चर्चा गर्दै समय सापेक्ष शैक्षिक क्यालेन्डर सुधार गर्दै लगिरहेको चर्चा गर्नुभयो । उहाँले विद्यालय पञ्च बर्षीय कार्ययोजना अनुरुप सञ्चालन हुदै आएको औंल्याउदै विषय बिज्ञ तथा परामर्शदाताको प्रत्यक्ष निगरानीमा शिक्षण सिकाइका क्रियाकलापहरु हँुदै आएको वताउनु भयो । २५ बर्ष अघि १६५ जना विद्यार्थी लिएर स्थापना गरेको विद्यालयमा अहिले झण्डै १७०० बढि विद्यार्थीहरु अध्ययनरत रहेको सुनाउन पाउँदा आफुले विगतका सबै दुःख, कष्टहरु भुलेको समेत स्मरण गर्दै संस्थापक आलेले समयको गतिसंगै शिक्षालाई आधुनिकीकरण एबं बैज्ञानिक र ब्यबहारिक गराउन नवीनतम् शैक्षिक विधिहरु बिद्यालयले अंगीकार गर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका शैक्षिक परामर्शदाता ढुन्डीराज गिरीले विद्यालयको शैक्षिक कार्यपत्र पेश गरेको कार्यक्रमको समापन समारोहमा ५ सय बढी अतिथी, अभिभावक एवं बिद्यालय परिवारले कार्यक्रममा सहभागिता जनाएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल साधना थापाको स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा विद्यार्थीहरूले नेपाली कला र संस्कृति झल्किने विभिन्न लोक नृत्यहरु प्रस्तुत गरेका थिए भने चर्चित गायिका टिका पुनको बेजोड सांगीतिक प्रस्तुती रहेको थियो ।









