‘समृद्ध नेपालगन्ज-डुडुवा’ इस्तियाक राईको प्रतिबद्धता !

नेपालगन्ज : बाँके क्षेत्र-२ का सूर्य ध्वजावाहक प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार नेपालगन्जमा आयोजित कार्यक्रममा राईले समृद्ध नेपालगन्ज डुडुवा हाम्रो प्रतिबद्धता भन्ने मुख्य नाराका साथ प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
पूर्वाधार तथा सहरी विकास, औद्योगिक, व्यापारिक र रोजगार , शैक्षिक, स्वास्थ्य, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म संस्कृति संरक्षण, पर्यटन, सु-शासन र प्रविधि, सामाजिक न्याय र समावेशी विकास र व्यवस्थित बसोबास शीर्षकमा विकास निर्माण र समृद्धि केन्द्रीत ११ वटा प्रतिबद्धता जनाएका छन् । त्यसैगरी गरिबी न्यूनिकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी व्यवस्थापन र आर्थिक अवसरका साथै लागूऔषध नियन्त्रण र सुरक्षित समाज शीर्षकमा थप ५ वटा नीतिगत सुधार सम्बन्धी प्रतिबद्धताहरु रहेका छन् ।








