बाँकेमा २० प्रतिशत मतदान (फोटो फिचर)
नेपालगन्ज : बाँकेमा बिहीबार बिहान ११ बजेसम्म ७० हजार मतदान भएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार जिल्लामा शान्तिपूर्ण रुपमा २० प्रतिशत मतदान भएको छ । जिल्लामा ३ लाख ५० हजार ३ सय ७१ जना मतदाता रहेका छन् ।
मेरोखुसी डटकमको टिमले नेपालगन्जको श्री देउतादिन माध्यमिक विद्यालय, धम्बोझी मावि र वीपी चोकस्थित नेपालगन्ज उपमहानगरपालिका परिसरका मतदान स्थलमा स्थलगत रिपोर्टिङ गर्दा शान्तिपूर्ण रुपमा मतदान भइरहेको थियो ।








