जनमत ६८औं त्रैमासिक रक्तदान : ४९ जनाले गरे रगत दान
नेपालगन्ज : जनमत अर्द्ध साप्ताहिकको त्रैमासिक रक्तदानको ६८औं श्रृङ्खलामा ४९ जनाले रक्तदान गरेका छन् ।
पत्रिकाले गोपाल–नीना फाउण्डेसन नेपालसँग शनिबार नेपालगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ पुरुष र ४ जना महिलाले रगत दान गरेका हुन् । रगत दान गर्नेमा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका छन् ।
डा. सविन अधिकारी, डा. लोकेन्द्र कँुवर, डा. चन्दन सिंह, अन्नपूर्ण दैनिकका उप–सम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, स्वास्थ्यकर्मी टीकाराम खनाल, गगनसिंह थापा, गोपाल–नीना फाउण्डेसन नेपालका कमलेशकुमार कर्ण, नेरेसो बाँकेका सञ्जय बढही र ओमप्रकाश गोडियाले रक्तदान गर्नु भएको थियो ।
त्यसैगरी स्वयंसेवी नियमित रक्तदाताहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मानबहादुर केसी निशान्त, कोषाध्यक्ष मनमोहन वर्मा, नेपाल स्वयंसेवी रक्तदाता राप्तीसोनारी गाउँपालिका उपसमितिका सल्लाहकार तथा वडा नं. ६ का वडाध्यक्ष लवराज खरेल, उपाध्यक्ष अमृता केसी, निरजमान श्रेष्ठ, लक्ष्मणप्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवनकुमारप्रसाद वैश्य, गौतमप्रसाद पौडेल र विनोदकुमार वैश्यले रक्तदान गर्नु भएको थियो ।
त्यस्तै महेश श्रेष्ठ, मनिष श्रेष्ठ, बिर्जन रजाली, विनयकुमार साह, धीरज सिंह, आरम्भ वैश्य, पदम श्रेष्ठ, रमेश चौधरी, धर्मेन्द्र यादव, सनम थारु, युवराज थापामगर, बाबुराम, दिनेशप्रसाद तमोली, झपेन्द्रबहादुर शाह, शालिकराम कुर्मी, धर्मेन्द्रकुमार वर्मा, राजितराम अहिर, विवेक शाही, माधवप्रसाद जैसी, तुलसी सार्की, विष्णु केसी, तुलसी कुँवर र आश्वीन पुनमगरले रक्तदान गर्नुभएको थियो ।
गोपाल नीना फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सह–निर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवालले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा र होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रकाश सापकोटा, होमराज गिरी, हिमाँशु मौर्या, प्रशान्त थारु, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।
कार्यक्रमलाई सफल पार्न गोपाल–नीना फाउण्डेशनका स्वयंसेवकहरु विजयन्त जि.सी., दक्षिणा क्षेत्री, रोशनी रानामगर, पवित्रा थापामगर तथा नरेन्द्रविक्रम शाह, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी गाउँपालिका उपसमितिका उपाध्यक्ष अमृता के.सी. लगायतले सक्रिय सहयोग गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा स्वयम्सेवी रक्तदाताहरुलाई टिसर्ट प्रदान गरिएको थियो ।
जनमत अर्धसाप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके, कला कृति, सेभेल क्याफे लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।









