उद्यमीहरुले बैंक म्यानेजरसँग मागे बिना धितो ऋण लगानी

नेपालगन्ज : लुम्बिनी र कर्णाली प्रदेशका उद्यमीहरुले बैंकसँग बिना धितो ऋण लगानी गर्न माग गरेका छन् ।
नेपालस्थित अमेरिकी दूतावासको आर्थिक सहयोगमा इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटरआद्यन्त अड्भाइजरीले द ग्लोबल इम्प्याक्ट कलेक्टिभ र नेपालस्थित अमेरिकी वाणिज्य संघ र द ग्लोबल इम्प्याक्ट कलेक्टिभ लगायतसँगको साझेदारीमा आयोजना गरिएको दुई दिने तालिमको समापनको अवसरमा लगानीकर्तासँगको संवाद कार्यक्रममा उद्यमीहरुले आफ्नो व्यवसायिक योजना सुनाउँदै व्यवसाय वृद्धिका लागि धितोको अभावमा ऋण नपाएको गुनासो गरेका हुन् ।
कार्यक्रममा स्टेणर््डर चार्डटर्र्ड बैंक नेपालगन्जका शाखा प्रबन्धक हर्मेश सोनी, लक्ष्मी बैंकका प्रदीपकुमार कर्ण, विनय शाह र युवराज कुमारले बैंकले लगानी गर्नसक्ने अवस्था र उद्यमीको जिज्ञासाको जवाफ दिनु भएको थियो । प्रबन्धक सोनीले विगतमा बिना धितो २५ लाख रुपैयाँसम्म दिने व्यवस्था रहे पनि दुरुपयोग भएका कारण रोकिएको र आगामी दिनमा पुनः सुरु हुनसक्ने बताउनु भएको थियोे ।
उद्यम तथा लगानी विद् आशुतोष तिवारी, कृपा अस्पताका निर्देशक डा. प्रियंका शुक्ला र आङ शेर्पाले सहभागीसँग अन्तरक्रिया गर्नु भएको थियो । तालिममा लुम्बिनी र कर्णाली प्रदेशका ३८ जनाको सहभागिता रहेको थियो ।