नेपालगन्जमा पहिलो पटक मनाइयो अटिजम दिवस

नेपालगन्ज : बाँकेमा पहिलो पटक अटिजम दिवस मनाइएको छ । उज्यालो फाउण्डेशनले १९औं विश्व अटिजम सचेतना दिवसमा बिहीबार नेपालगन्जको कारकाँदो चोकमा साँझ द्वीप प्रज्जवलन गरेको हो ।

जहाँ अटिजम भएका ब्यक्ति, तिनका अभिभावक र अटिजमका क्षेत्रमा कार्यरत सामाजिक अगुवाले सचेतनाका लागि मैनबत्ती बालेका थिए । फाउण्डेशनका अध्यक्ष सूर्यमणि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका केन्द्रीय सचिव गोकर्ण आचार्यले पश्चिम नेपालमा अटिजमको अवस्थाबारे जानकारी गराएका थिए । अध्यक्ष अधिकारीले बाँकेमा पहिलो पटक अटिजम दिवस मनाइएको बताए ।

पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा अटिजम भएका बालबालिकाहरुलाई थेरापी र डे केयर सेन्टर सञ्चालन हुन लागेको छ । आकार फाउण्डेशनको प्राविधिक सहयोगमा नयाँ वर्र्षसँगै सञ्चालनमा आउन लागेको फाउण्डेशनले ५० जनाको क्षमता रहेको छ ।