दोस्रो योगिनी गोल्डकप : मानवी स्पोर्टस र एक्स आर्मी क्वाटर फाइनलमा

समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • मानवी स्पोर्टस क्लबका सुदीप विकले जय किसान स्पोर्टस क्लबबिरुद्ध २१औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक
  • एक्स आर्मी टिमले चन्द्रज्योति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

खजुरा : दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगितामा मानवी स्पोर्टस क्लब र एक्स आर्मी लेडेन्ज टिम क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा मानवी स्पोर्टस क्लबले जय किसान स्पोर्टस क्लबलाई १-० ले पराजित गरेको थियो । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा मानवीका लागि सुदीप विकले २१औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । सुदिप प्लेयर अफ द म्याच घोषित हुनु भयो । सुदिपलाई हरित सृजना सामुदायिक वन उपभोक्ता समिति सचिव गंगा शाही र स्थानीय समाजसेवी राम बहादुर महताराले पुरस्कृत गर्नुभयो ।

त्यसैगरी दोस्रो खेलमा एक्स आर्मी टिमले चन्द्रज्योति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गरेको थियो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो ।
खेलको सुरुआतमा एक्स आर्मीका यानबहादुर श्रेष्ठले ३८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो तर दोस्रो हाफको ४५औं मिनेटमा चन्द्र ज्योतिका शैलेन्द्र विसीले गोल गर्दै खेल १-१ को बराबरीमा लग्नु भएको थियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक्स आर्मीका गोलकिपर विकास केसीले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गर्नु भयो । प्लेयर अफ द म्याच केसीलाई स्थानीय समाजसेवी तिलक वली र प्रतियोगिता संयोजक गणेश राईले पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेल आयोजक योगिनी युवा क्लब ‘ए’ र बर्दियाको केवाइसीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा मानवी स्पोर्टस क्लब नेपालगन्ज र एक्स आर्मी लेजेन्ड टिमले खेल्नेछन् ।