प्रथम खजुरा गोल्डकप फुटबल भोलिदेखि

नेपालगन्ज : ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता-२०८२’ सोमबारदेखि सुरु हुने भएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले सोमबार सोमबार दिउँसो ३ बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
आयोजक न्यू डाँफे स्पोर्टस् क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतबार खजुुरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवम् न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले जानकारी दिनुभयो ।
खजुरा गाउँपालिका वडा नम्बर ४ डीगाउँस्थित मिनी रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कुल ८ वटा टिम सहभागी हुनेछन् । नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिता वैशाख ६ गतेसम्म चल्नेछ । प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र गर्नेछन् ।