अल्लोबाट उदाएकी सफल उद्यमी हिसिला

दाङ घोराहीको युनिक दिदीबहिनी अल्लो उद्योगले अल्लो, गाँजा र सिस्नोको लोक्ताबाट उत्पादन गरेका बस्तुु लोकप्रिय छन्, अमेरिका, अष्ट्रेलिया, युके, जापान, क्यानडा, कतारमा
समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • हिसिला ओलीले अल्लो, हेम्स (भाङ्गो) र सिस्नोको लोक्ताबाट कपडा बनाउने व्यवसाय रोजिन् । युनिक दिदीबहिनी अल्लो उद्योग खोलिन् । अल्लोको लोक्ता संकलन गर्ने, प्रशोधन गर्ने, धागो कात्ने र कपडा बनाउने काम गर्छिन् ।
  • पाँच लाख रुपैयाँबाट सुरु भएको अल्लो उद्योगको लगानी अहिले बढेर एक करोड रुपैयाँसम्म पुगिसकेको छ ।
  • एकैदिनमा २० देखि २५ हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ । कारोबारबाट सन्तुष्ट नै छिन् ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

शंकरप्रसाद खनाल । नेपालगन्ज
बच्चामा बजारिया रेडिमेड कपडा मन नपराउने कमै हुन्छन्् । दाङ घोराही उपमहानगरपालिका–१४ की  अल्लोेको कोट लगाउँदा युनिक देखिन्छ । त्यसो त अल्लोेबाट टोपी मात्रैै ४ प्रकारका (नेपाली, ब्रिटिस क्याप (बाबुराम), ह्याट) बन्छन् । झोला झन विभिन्न डिजाइनका १० प्रकारका बनाउँछिन् । स्कुल कलेज ब्यागदेखि अफिसियल र ट्राभल ब्यागको माग बढी हुुन्छ । ह्याट, आउटर, सलदेखि जुत्ता र चप्पल, थरिथरीका बन्छन् । संघसंस्थाको अर्डर अनुसार पनि सामान तयार हुन्छ ।

‘अमेरिका, अष्ट्रेलिया, युके, जापान, क्यानडा, कतारमा हाम्रो सामान पुगेको छ’, उनी भन्छिन्, ‘बीटुबी (बिजनेश टु बिजनेश) हाम्रो बजार विस्तार हुन सकेको छैन । बी टु सी (बिजनेश टु कस्टुमर)बाट हाम्रो उत्पादनको माग बढ्दो छ । आफू पनि लैजान्छन् । उपहारको रुपमा पनि रोजाइमा पर्छ ।’ अल्लो र हेम्सका सामानको सबैभन्दा ठूलो बजार त मेला महोत्सव नै हो । त्यही प्रदर्शनीले देशभरी माग भइरहेको हुन्छ ।
दाङमा अल्लो खेती हुँदैन तर बाहिरी जिल्लाबाट कच्चा पदार्थ लोक्ता बझाङ, बाजुरा, डोटी, अछाम, रोल्पा, रुकुम, प्युठानबाट संकलन हुन्छ । भाङ्गो र सिस्नोको लोक्ता भने रुकुम, रोल्पा र प्युठानमै पनि पाइन्छ । उत्पादित सामानको अधिकांश खपत पनि मालको चाल पाएकाले नै गर्छन् ।

विद्यालय र ११ कक्षाको भर्नाको बेलामा अल्लोको झोलाको माग अलि बढी हुन्छ । दशैं, तिहार, वैशाख माघ र फागुन पनि अल्लोको सामान बिक्री हुने सिजन नै हो । ‘चाडपर्वमा उपहारका लागि अल्लोको सामान किनिन्छ’, उनी भन्छिन्, ‘अल्लोको कपडा जाडोमा लगाउँदा न्यानो हुन्छ । गर्मीमा लगाउँदा सितलता प्रदान गर्छ । गर्मीमा पसिना सोस्छ । एन्टि फङ्गल हुन्छ । एलर्जी पनि हुँदैन ।’

एकैदिनमा २० देखि २५ हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ । कारोबारबाट सन्तुष्ट नै छिन् । स्वदेशी उत्पादनको मुख्य समस्या भनेकै बजारको हो । ‘अल्लोका कपडा लगााउने संस्कृति बनेको छैन । स्वदेशी उत्पादनलाई बढावा दिने राज्यको नीति पनि छैन । ग्राहकले पनि स्वदेशी उत्पादन प्रयोग गरे स्वदेशमै पैंसा रहन्छ भन्ने सचेतना जगाउन जरुरी छ’, उनको सुझाव छ ।

ओलीले २०७८ साल असोजमा पाँच लाख रुपैयाँबाट सुरु भएको अल्लो उद्योगको लगानी अहिले बढेर एक करोड रुपैयाँसम्म पुगिसकेको छ । तीन वर्ष यता उत्पादन र माग बढेको छ । उनी एकल लगानीकर्ता हुन् । उनको व्यवसायमा भने परिवारको साथ र सहयोग छ । उनको परिवारका सदस्य सबै लागेका छन् । उद्योगमा नियमित काम गर्ने १५ जना छन् । लोक्ता संकलन, प्रशोधन, धागो उत्पादनदेखि कपडा तयार गर्दा झन्डै दुई तिन सय जनाले रोजगारी पाएका छन् । ‘महिलाका लागि महिलाको उद्योग जस्तो भएको छ । जहाँ ९९ प्रतिशत कामदार महिला नै छन् । महिलाद्वारा, महिलाका लागि, महिलाकै पोशाक उत्पादन भइरहेको छ’, उनले अनुभव सुनाइन् ।

आफ्नै घरबाट सुरु भएको व्यवसायलाई विस्तार गर्ने उनको योजना छ । सामान गुणस्तरीय छ । विदेशमा पनि बिजनेस टु बिजनेश कारोबार गर्न चाहन्छिन् । त्यसका लागि उद्योग र व्यवसाय विस्तार गर्न बैंक ऋण वा अनुदान आवश्यक पर्छ । बैंकले महिला उद्यमीलाई बिना धितो ऋण दिने वा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उनी बताउँछिन्, ‘हामीलाई बैंकले बिना धितो ऋण पत्याउँदैन । स्थानीय, प्रदेश र संघीय सरकारले महिला उद्यमीका स्वदेशी उद्योेगलाई प्रोत्साहन गर्ने नीति देखिँदैन । आफ्नै बल बुताले उद्योग सञ्चालन भइरहेको छ ।’ सरकारले साना तथा महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण लिन सरल विधि र प्रक्रिया बनाउन सरकारलाई उनको सुझाव छ । ‘ठूलो कम्पनी र उद्योग जस्तै हामी सबै मापदण्ड पूरा गर्न सक्दैनौ । डकुमेन्ट बनाउने झन्झट धेरै हुन्छ । जुन हामी पूरा गर्न नसकेरै ऋण लिन पाउँदैनौं । सहुलियतपूर्ण ऋण त पाइँदैन नै, सानो उद्यमीलाई ऋण लिनै पनि सकस छ’, उनले दुःखेसो पोखिन् ।

अल्लो, भाङ्गो र सिस्नोको लोक्ताबाट कपडा उत्पादन गर्ने भएकाले हिसिलालाई त्यही उत्पादनका रुपमा चिन्न थालेका छन् । सफल महिला उद्यमीका रुपमा उनलाई धेरै संघसंस्थाले सम्मान र पुरस्कृत गरिसकेका छन् । ‘युनिक दिदीबहिनी अल्लो भन्दा पनि धेरैले हिसिला अल्लो दाङ भनेर मोेबाइलमा मेरो नं. सेभ गर्नुहुँदो रहेछ’, छुट्टै पहिचान पाएकोमा उनी दङ्ग ‘हेम्स (गाँजाको लोक्ताबाट कपडा उत्पादन गर्ने भएकाले कतिले त गाँजावाला दिदी पनि भनेर बोलाउँछन् । काम अनुसारकै पहिचान पाउँदा खुसी छु ।’ स्रोत : अन्नपूर्ण पोस्ट्