बाँकेमा बकर इदको उल्लास (फोटो फिचर)

नेपालगन्ज  : इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद)को बाँकेमा उल्लासमय देखिएको छ । यो पर्व तीन दिनसम्म मनाइन्छ । नेपालगन्जको वीपी चोकस्थित इदगाहका साथै जिल्ला भरका विभिन्न मस्जिदहरुमा बिहीबार बिहान सामूहिक नमान्ज पढेका थिए ।

यो पर्वमा तीन दिनसम्म खसी, भेडा, राँगा, भैँसीलगायत जनावरको कुर्बानी गरी तेस्रो दिन समापन गरिन्छ । कुर्बानीपछि मासुलाई तीन भागमा विभाजन गरिन्छ, एक भाग गरिबलाई, एक भाग छरछिमेकलाई र एक भाग घरपरिवारका लागि हुन्छ ।