संघीय बजेट : सिक्टा सिँचाइका लागि २ अर्ब ५५ करोड विनियोजन


नेपालगन्ज
: संघीय सरकारले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाका लागि साढे दुई अर्ब बढी रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै सिक्टा सिँचाइका लागि दुई अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनु भयो । यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर ५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ ।

मन्त्री वाग्लेले आगामी आवका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गर्नु भएको छ । बजेटमा पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उल्लेख छ । त्यस्तै, राजस्व १४ खर्ब ४ अर्बको रहने, अनुदानतर्फ ६१ अर्ब ७४ करोड र वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उहाँले बताउनु भयो । जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहनेछ ।