टीकापुरमा बोलेरो गाडी दुर्घटना हुँदा १ को मृत्यु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा हुलाकी राजमार्गमा बोलेरो गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश डाँगीका अनुसार टीकापुर नगरपालिका ९ झुँगास्थित हुलाकी राजमार्गमा बुधबार बिहानै पाँच बजेतिर नेपालगञ्ज तर्फबाट आउँदै गरेको लुप्र ०२(००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो गाडी र भे १ क ५०१ नम्बरको ट्रक ठोक्किँदा बोलेरो गाडीमा रहेका एक युवाको ज्यान गएको छ । भेरी ग्याँसको सिलिन्डर बोकेको ट्रकसँग बोलेरो गाडी पछाडिबाट ठोक्किँदा बोलेरो सहचालक सल्यान जिल्ला घर भएका अन्दाजी वर्ष २३ का रञ्जित ओलीको घटनास्थलमै मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिनुभयो ।

दुर्घटनापछि चालकलाई उपचारका लागि टीकापुर अस्पताल पुगाइएको छ भने प्रहरीले सवारी साधन पनि नियन्त्रणमा राखेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक विवरण संकलन गरिरहेको जनाएको छ।









