बास नेपालको वार्षिक समीक्षा तथा योजना तर्जु सम्पन्न
ठाकुुरद्वारा : बास नेपालको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यशाला बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।
बास नेपालका केन्द्रीय पदाधिकारी, सदस्यहरु र कर्मचारीहरुको सहभागितामा भाद्र ५ गते आर्थिक बर्ष २०८२/०८३ को समीक्षा र आर्थिक वर्ष २०८३/०८४ को वार्षिक योजना तर्जुमा गरिएको हो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको कार्यशालामा संस्थाले वर्षभरी गरेका संस्थागत कार्यहरु, परियोजना तथा कार्यक्रमहरुको प्रगतिका विषयमा कर्मचारीहरुले प्रगति प्रश्तुतीकरण गरेका थिए । प्रस्तुतीकरण पश्चात संस्थाले गरेका कार्यक्रम, उपलब्धि र प्रभावकारिताका विषयमा बृहत समीक्षा गरिएको थियो । बैठकले संस्थाले देशब्यापी रुपमा सञ्चालन गरेको सुशासन अभियान, विभिन्न कार्यक्रम तथा परियोजना मार्फत विपन्न तथा लक्षित वर्गलाई सेवाको मूल प्रवाहमा ल्याउन भएका कार्यहरु, सरकार र सरोकारवालाहरु बिचको समन्वय र सहकार्य प्रभावकारी रहेको र आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि बढाउँदै लैजाने निष्कर्ष निकालेको थियो । समीक्षाको क्रममा बास नेपाल केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुले आआफ्नो कार्यक्रमको प्रगति, उपलब्धि र आगामी योजनाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यशालामा केन्द्रीय महासचिव कल्पना अधिकारीले स्वागत गर्नु भएको थियो । बासका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा, उपाध्यक्षद्वय दिला शाह र महासचिव कल्पना अधिकारी लगायत केन्द्रीय पदाधिकारीहरुले संस्थाको उद्देश्य अनुरुप संस्थालाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यवस्थापन समितिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यसैगरी बैठकले आर्थिक वर्ष २०८३/०८४ को योजना तर्जुमा गरेको छ । गत वर्षको प्रगति, चुनौती र सिकाइका आधारमा कर्मचारीहरुले शाखागत तथा कार्यक्रम र परियोजनागत योजनाहरु पेश गरेका थिए । पेश भएका योजनाहरुमाथि बृहत छलफल पश्चात बैठकले आर्थिक वर्ष २०८३/०८४ को योजना तर्जुमा गरेको थियो ।









