लायन्स क्लब भेरीद्वारा आश्रमलाई शैक्षिक सामग्री सहयोग
नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज भेरीले नेपालगन्जको एक आश्रमका विद्यार्थीलाई २५ हजार ५ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लब अध्यक्ष समीता शाक्यका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा जनजाति कल्याण आश्रम नेपालले सन्चालन गरेको आमाको माया छात्रवासका विद्यार्थीलाई कापी, कलम, पेन्सिल, क्याल्कुलेटर, जमेट्री बक्स, इरेजर र खाजा सेट वितरण गरिएको हो ।
लायन्स इन्टरनेशनलका मल्टिपल कोर्डिनटर मधुसूदन शर्मा, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका इमिडियट पास्ट डिष्ट्रिक गर्भनर ज्ञानेन्द्रकुमार श्रेष्ठ, डिष्ट्रिक सिनियर एक्जुकेटिभ चिफ कृष्णप्रसाद श्रेष्ठ, डिष्ट्रिक सिनियर एक्जुकेटिभ चिफ आभा गौतम, रिजन चेयर पर्सन भावना गौतम लगायतले शैक्षिक सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
लायन आभा गौतमले छोरी डा.दिप्ती गौतमको जन्मदिनको अवसरमा हरेक वर्ष यस्तै सेवाको काम गर्दै आउनु भएको छ । उहाँले छोरीको जन्मदिनको केक पनि आश्रममा आश्रितहरुकै माझमा काट्नु भएको थियो भने आश्रितहलाई खाजा सेट पनि उपलब्ध गराउनु भएको थियो ।









