नेपाल वातावरण पत्रकार समूहको अध्यक्षमा रेग्मी

नेपालगन्ज : नेपाल वातावरण पत्रकार समूह (नेफेज) अध्यक्षमा निमेश रेग्मी निर्वाचित हुनु भएको छ ।
समूहको शुक्रबार ललितपुरमा भएको ४१औँ साधारणसभाले रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । रेग्मीसँग समूहमा एक वर्ष कार्यसमिति सदस्य र सात वर्ष महासचिवको रुपमा काम गरेको अनुभव रहेको छ ।
प्रमुख निर्वाचन आयुक्त राजेश घिमिरेका अनुसार निर्वाचनमा ४९ मत खसेकोमा अध्यक्षमा रेग्मीले ३७ मत र अर्का प्रत्यासी नवीन शर्माले ११ मत पाउनु भएको थियो । १ मत बदर भएको थियो ।
११ सदस्यीय कार्यसमिति रहने समूहको उपाध्यक्ष सुबोध गौतम, महासचिव सृष्टि काफ्ले, कोषाध्यक्ष भीष्मराज ओझा, सदस्यद्वयमा प्रकाश रिमाल र टीका बन्धन तथा विज्ञ सदस्यमा विजयराज पौडेल भने निर्विरोध निर्वाचित हुनु भएको छ । सचिव (महिला) १ जना र २ महिला सदस्य तथा १ विज्ञ महिला सदस्यतर्फ भने पदपूर्ति हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।