सम्पादक खनाललाई सम्मान

नेपालगन्ज : मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाललाई सम्मान गरिएको छ । खनाल अन्नपूर्ण पोस्ट् दैनिकमा पनि कार्यरत हुनुहुन्छ ।
जनमत त्रैमासिक रक्तदानको ७१औं श्रृङ्खलाको अवसरमा बाँकेको जनमत अद्र्धसाप्ताहिक पत्रिका र गोपाल नीना फाउण्डेशन नेपालले शनिबार नेपालगन्जमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा खनाललाई जनतालाई रक्तदान गर्न उत्प्रेरित गर्र्ने खालका समाचार लेखेको र आफै पनि नियमित रक्तदाता रहेको भन्दै सम्मान गगरिएको हो । जनमतले पत्रिकाको रजत वर्षको अवसरमा २०६३ सालमा सुरु गरेको त्रैमासिक रक्तदानको दोस्रो श्रृङ्खलादेखि खनालले रक्तदान गर्दै आउनु भएको छ । खनालले अहिलेसम्म झन्डै ४० पटक रगत दान गरिसक्नु भएको छ ।

सोही अवसरमा दैनिक नेपालगन्ज पत्रिकाका प्रधान सम्पादक झलक गैरे, राप्तीसोनारी गाउँपालिका वडा नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके राप्तीसोनारी उपशाखाका सल्लाहकार लवराज खरेल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके राप्तीसोनारी उपशाखाकी उपाध्यक्ष अमृता केसी र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष ७९ पटक रक्तदान गर्ने प्रेमप्रसाद लम्साललाई फाउण्डेशनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सहनिर्देशक डा.तृप्तीपाल रमण, जनमत अद्र्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकका उपाध्यक्ष मनबहादुर केसीले दोसल्ला ओढाएर सम्मान पत्र, शान्तिको प्रतीक भगवान गौतम वुद्धको मूर्ति प्रदान गरेर सम्मान गर्नु भएको हो ।