कथाकार रेग्मीको ८०औं वाषिकोत्सवमा २ कृति विमोचन

नेपालगन्ज : कथाकार सनत रेग्मीले ८० औँ जन्मोत्सवको अवसरमा मंगलबार दुई वटा पुस्तक प्रकाशित गरेर विमोचन गर्र्नु भएको छ ।
रेग्मीले रचना गर्नुभएका निबन्धहरूको संग्रह ‘टुक्रा टुक्रा जिन्दगी’ र रेग्मीको साहित्यिक व्यक्तित्वमाथि विभिन्न व्यक्तिहरुले लेखेका लेखहरूको संगालो ‘सनत रेग्मी शब्दाभिनन्दन’ पुस्तकको वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य किरण आचार्य र कथाकार तथा प्राज्ञ सभा सदस्य नवीन अभिलाषी, उपन्यास समाजका अध्यक्ष शंकर भारती, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुलगायतले सामूहिक रुपमा दुबै पुस्तकको विमोेचन गर्नुभएको थियो ।
विमोचिक कृतिहरु ‘टुक्रा टुक्रा जिन्दगी’बारे हरि तिमिल्सेना र सनत रेग्मी शब्दाभिनन्दन पुस्तकबारे साहित्यकार ऋचा लुइटेलले परिचयात्मक टिप्पणी गर्नु भएको थियो ।
राम्र्रो कथाकारको परिचय बनाउनु भएका रेग्मीको ‘टुक्रा टुक्रा जिन्दगी’ पहिलो निबन्ध संग्रह हो ।