एनपीएलको दोस्रो खेलमा सुदूरपश्चिमको जित, पोखरा ६ विकेटले पराजित

नेपालगन्ज : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले जित दर्ज गरेको छ । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले पोखरालाई ४ विकेटले हराउँदै एनपीएलमा पहिलो जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा बुधबार पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
बिहीबार एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो साढे १२ बजेबाट खेल सुरु हुनेछ । दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुने तालिका छ ।