बाँकेमा पहिलो पटक पौडीको लाइफ गार्ड तालिम

नेपालगन्ज : नेपाल पौडी संघले नेपालगन्ज स्वीमिङ क्लबसँगको समन्वयमा बाँकेमा पहिलो पटक पौडीको लाइफ गार्ड तालिम सञ्चालन गरेको छ ।
संघका प्राविधिक निर्देशक तथा पौडीका अन्तर्राष्ट्रिय रेफ्री विष्णु खड्का क्षेत्रको नेतृत्वमा पाँच जना प्रशिक्षकले पोखरीमा हुने दुर्घटना न्यूनिकरण, तत्काल उद्दारका विषयमा सहजीकरण गरिरहनु भएको छ ।
जिल्लामा एक दर्जन भन्दा बढी तारे होटल, फनपार्क र व्यवसायीक पौडी पोखरी भए पनि मान्यता प्राप्त संस्थाबाट तालिम प्राप्त लाइफ गार्डको अभाव रहेको थियो ।  तालिममा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास भइरहेको छ । सीप परीक्षणपछि सहभागीहरुलाई प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले जनाएको छ ।