एनपीएल : सुदूरपश्चिमद्वारा जनकपुरमाथि सहज जित

नेपालगन्ज : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग लिग (एनपीएल)को आफ्नो छैठौं खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्समाथि सहज जित निकालेको छ । त्रिवि क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई २७ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १२१ रनको लो स्कोरको लक्ष्य पनि जनकपुर बोल्ट्सले १९.५ ओभरमा सबै विकेट गुमाएर पूरा गर्न सकेन । ९३ रन मात्र बनाउन सक्यो ।
६ खेलमा चौथो जित हात पारेको सुदूरपश्चिमले काठमान्डु गोर्खाजसँग समान ८ अंक जोडेको छ । सुदूरपश्चिमले समान अंक जोडे पनि काठमान्डु गोर्खाज रनरेटमा अघि भएर शीर्ष स्थानमा पुगेको छ । सुदूरपश्चिमले अब लिग चरणमा आफ्नो अन्तिम खेल काठमान्डु गोर्खाजसँग खेल्नेछ । जनकपुरले आप्नो अन्तिम खेल चितवन राइनोजसँग खेल्नेछ ।