एनपीएल : एक खेल अघि लुम्बिनी पुग्यो प्लेअफमा

नेपालगन्ज : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा पुगेको छ ।
बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी एक खेल अघि नै प्लेअफमा पुगेको हो । प्लेअफमा पुग्ने लुम्बिनी पहिलो टिम बनेको छ ।
कर्णालीले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले २० बल अगावै ६ विकेट गुमाएर पूरा गरेको हो ।
६ खेलबाट लुम्बिनी ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिग चरणको आफ्नो अन्तिम खेल विराटनगर किंग्ससँग खेल्नेछ ।

कप्तान लामिछानको ह्याट्रिकसहित विराटनगर किङ्स विजयी
बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जरलाई ४ विकेटले पराजित गर्दै विराटनगर किङ्स विजयी भएको छ ।
पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले २९ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरको जितमा कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिनु भएको थियो । यस सिजन एकै खेलमा ६ विकेट लिने उहाँ पहिलो बलर बन्नु भएको छ । यसअघिका ५ खेलमा उहाँको नाममा १ विकेट मात्र थियो ।