एशिया कप राइजिङ स्टार क्रिकेटमा नेपालद्वारा यूएईलाई ६ विकेटले पराजित
नेपालगन्ज : एशिया कप राइजिङ स्टार क्रिकेटमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको छ । कतारको दोहामा जारी खेलमा अद्र्धशतकसहित कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले १२२ रनको लक्ष्य २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले आफ्नो दोस्रो खेलमा ३९.५ ओभरमा सबै विकेट गुमाएर यूएईले १२१ बनाएको थियो । नेपालको जितको लागि भुर्तेलले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाउनु भयो । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाउनु भयो । वलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक एक विकेट लिनु भएको थियो ।
यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा आफ्नो ५०औं जित निकालेर यस खेललाई यादगार बनाएको छ ।










