मङ्लबार, माघ १३, २०७७ / Tuesday 26th January 2021

बर्दियामा १५ जना बैंक कर्मचारीमा कोरोना !

गुलरिया : बर्दिया जिल्लामा १५ जना बैंक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण बढिरहेका बेला जिल्लाका ५ बैंक र वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीका अनुसार गुलरियास्थित मुक्तिनाथ बैंकमा कार्यरत ६ जना, कुमारी बैंकको बाँसगढी शाखाका ५, सिदार्थ बैंकका १, सिटिजन बैंकको मैनापोखर शाखाका २ र ठाकुरवावा घर भएका एक जना सहकारीका कर्मचारीमा समेत कोरोना पुष्टि भएको हो । कोरोना फोकल पर्सन चौधरीले पछिल्लो समय यात्रा विवरणमा नपरेका व्यक्तिहरुमा संक्रमण देखिन थालेको बताए । ‘संक्रमण फैलिन नदिन सबैले सावधानी अपनाउन आवश्यक छ’ उनले भने । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएको भन्दै बर्दियामा केही दिनदेखि निषेधाज्ञा जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *