बाँकेमा एकैदिन ७० जना संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा सोमबार ७० जना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका विभिन्न आइसोलेसन र होम आइसोलेसनका रहेका ३९ पुरुष र ३१ महिला डिस्चार्ज भएका हुन् । योसँगै जिल्लामा कोरोना जितेर डिस्चार्ज हुने संक्रमितको संख्या २ हजार एक सय नौ पुगेको छ । जिल्लामा कूल संक्रमित २ हजार ६ सय ९१ जना रहेकोमा अब आइसोलेसनमा ५ सय ५३ जना मात्र छन् । कोरोनाबाट अहिलेसम्म जिल्लामा २९ जनाको ज्यान गइसकेको छ ।