आइतवार, मंसिर १४, २०७७ / Sunday 29th November 2020

२९ लाख ४८ हजारसहित १० जना जुवाडे पक्राउ

नेपालगन्ज–४ मा जुवाको खालबाट नियन्त्रणमा लिएको रुपैयाँ । फोटो सौजन्य : जिल्ला प्रहरी कार्यालय बाँके

नेपालगन्ज : प्रहरीले जुवा खेलिरहेको अवस्थामा झन्डै नगद साढे २९ लाख रुपैयाँसहित १० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको विज्ञप्तीमा बुधबार राति ८ः३० बजे नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्कस्थित एक घरबाट कटपट्टि तास खेलिरहेको अवस्थामा नगद २९ लाख ४८ हजार सात सय रुपैयाँ र ६ गड्डी ताससहित १० जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *