राजापुरमा धान खरिद सुरु, किसान खुसी
शक्ति परियार । राजापुर
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (आधुनिक चामल कारखाना) ले आइतबारबाट बर्दियाको राजापुरमा धान खरिद सुरु गरेको छ ।
कम्पनीका राजापुर प्रमुख धर्मराज पन्तले पहिलो चरणमा मोटा धान खरिद शुरु गरिएको बताउ । मोटा धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैयाँमा खरिद भएको छ । मकवानपुर धानको हकमा जिल्ला मूल्य निर्धारण समितिले निर्णय गरिसकेको भने पनि कम्पनीको केन्द्रीय कार्यालयबाट पत्र प्राप्त भैसकेपछि मात्रै खरिद गरिने प्रमुख पन्तले प्रष्ट पारे । कम्पनीले पहिलो पटक मोटा धान २५ हजार क्वीन्टल खरिद गर्ने र आवश्यकता अनुसार थप गर्ने जनाएको छ । किसानहरुले धान ल्याउँदा कम्पनीले छुट्टै मापदण्ड बनाएको छ । मापदण्डमा १८ प्रतिशतभित्र चिस्यान हुनुपर्ने धानको वाह्य पदार्थ कचेरा २ प्रतिशतभन्दा बढि नहुनुपर्ने र ५ प्रतिशतभन्दा बढी बिग्रेको हुन नहुने उल्लेख छ । मोटा धानको अहिले सम्मकै उच्च मूल्य निर्धारण गरेकोमा यहाँका किसान हर्षित भएका छन् ।