लैङ्गिक हिंसाबिरुद्ध खजुरा र कोहलपुरमा द्वीप प्रज्ज्वलन (फोटो फिचर)

चेतना केसी । खजुरा
लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार बाँकेको खजुुरा, कोहलपुरलगायतका विभिन्न स्थानमा द्वीप प्रज्ज्वलन गरिएको छ ।
खजुरा गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसाबिरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्थाको साझेदारीमा संयुक्त रुपमा अभियान सुरु भएको हो ।

खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकको सभापतित्वमा सम्पन्न द्वीप प्रज्ज्वलन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले अभियान प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबध्दता जनाएका थिए । १६ दिने अभियानमा लैङ्गिक हिंसाविरुद्ध धर्म गुरुहरुसँग छलफल गर्नेलगायतका विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने जस्ता कार्यक्रम रहेका छन् ।

त्यसैगरी, कोहलपुर चौराहामा पनि १६ दिने अभियान अन्तर्गत द्वीप प्रज्ज्वलन गरिएको थियो । लैङ्गिक हिंसाको अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज, र सबैको ऐक्यबद्धता भन्ने मूल नाराका साथ १० मंसिरदेखि २५ मंसिरसम्म १६ दिने अभियान सञ्चालन हुनेछ ।