कोहलपुर र बैजनाथका किशोरीलाई पत्रकारिता तालिम
कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका र बैैजनाथ गाउँपालिकाका किशोरीहरुका लागि चार दिने पत्रकारिता तालिम मंगलबारदेखि कोहलपुरमा सुरु भएको छ ।
प्लान इन्टरनेशनल नेपाल कर्णाली प्रदेश क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा स्याक नेपाल बाँकेले सञ्चालन गरेको बालविवाह रोकथाम परियोजना अन्तर्गत किशोरीहरुको क्षमता अभिवृद्धिका लागि पत्रकारिता तालिम सञ्चालन गरिएको हो ।
तालिममा सञ्चार, आमसञ्चार, पत्रकारिता, पत्रकारिता सिद्धान्त, समाचार, समाचार लेखन शैली र संरचना, फोटो पत्रकारिता, पत्रकार आचार संहिता, भित्तेपत्रिकाका लागि लेखनलगायतका विषयको सैद्धान्तिक र व्यवहारिक अभ्यास हुने तालिमका प्रशिक्षक अन्नपूर्ण पोस्ट् दैनिकका उप-सम्पादक शंकरप्रसाद खनालले जानकारी दिए । स्याककी फिल्ड सुपरभाइजर बबिता सिंहका अनुसार तालिममा कोहलपुर र बैजनाथ गाउँपालिकामा गठित किशोरी क्लबका पदाधिकारी र सदस्य गरी २४ जनाको सहभागिता रहेको छ ।