बरिष्ठ पत्रकारत्रय चुके, अली र जिसीलाई सम्मान

नेपालगन्ज : बाँकेका तीन जना बरिष्ठ पत्रकारलाई सम्मान गरिएकोे छ ।
नेपाल पत्रकार महासंंघ बाँके शाखाले १२औं जिल्ला अधिवेशनको अवसरमा बरिष्ठ पत्रकारहरु पूूर्णलाल चुके, लियाकत अली र गणेश जिसीलाई सम्मान गरेको हो । जिल्लामा २०३९ सालदेखि प्रकाशित संकल्प साप्ताहिकका सम्पादक अली महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष हुन् । चुके २०३९ सालदेखि नेपालगन्जबाट नियमित रुपमा प्रकाशित भइरहेको जनमत अर्द्धसाप्ताहिकका सम्पादक हुन् । २०५४ सालदेखि पत्रकारितामा क्रियाशील जिसी नेपालगन्जको पहिलो सामुदायिक एफएफ रेडियो भेरी आवाजको संस्थापक हुन् । अहिले रेडियो बन्द छ । जिसी अहिले स्वतन्त्र पत्रकारका रुपमा क्रियाशील छन् । सम्मानित पत्रकारत्रयमा मेरो खुसी डटकम परिवारको तर्फबाट हार्दिक बधाइ छ ।