कोरोना भगाउन भन्दै बत्ति बाल्दैै, थाली ठटाउँदै र पटाका पट्काउन थालेपछि…
मेरो खुसी संंवाददाता
नेपालगन्ज : आइतबार राति नौ बजेपछि नेपालगन्ज सहरको आकास झिलिमिली उज्यालोसँगै पटका पड्को आवाज आयो । प्रहरीलाई पनि अनौठो लाग्यो । न बिहे, न कुनैै उत्सव । आखिर किन पटाका पड्काइँदैछ भनेर वडा प्रहरी कार्यालय नेपालगन्जको टोली नगरमा गाडीको साइरन बजाउँदै गुड्यो ।
वडा प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर हरिबहादुर बस्नेतले अनुभव सुनाए, ‘त्रिभुवन चोक र बसपार्कमा धेरै मानिस भेला भएर कोरोना भगाउने भन्दै मैैनबत्ति बालिरहेका थिए । उनीहरुलाई हामीले घरभित्र धपायौं । कति ठाउँमा त स्थानीय प्रहरीलाई देखेर आफै पनि भागे ।’
कोरोना भाइरस भगाउने भन्दै नगरमा पटाका पड्काउने, मैनबत्ति र दीयो बालेका थिए । एकछिन त सडक र घरमा दीपावलीमा जस्तै मैनबत्ति र माटोको दीयो बालिएको थियो ।
भृकुटीनगरकी एक गृहिणी महिलाले ज्योतिषले घरको बिजुली बत्ति सबै निभाएर दीयो बाल्दा शुभ हुने भनेकाले आफूले पनि बालेको बताइन् । भृकुटीनगर, बसपार्कलगायत नगरका धेरै ठाउँमा स्थानीयले थाल पनि ठटाएको प्रहरीले जनाएको छ । केही दिनअघि बाँके जिल्लाका विभिन्न क्षेत्रमा जमिन मुनीको कालो लगाएमा कोरोनाबाट जोेगिने भन्दै लगाएका थिए । दिनभरी चर्को गर्मीका कारण घरभित्रै बस्ने, साँझ परेपछि सपिङका नाममा बजारमा भीँड बनाउने र कोरोना भगाउने नाममा अन्धविश्वासमा भरपर्दा कोरोनाको झन जोखिम बढ्ने देखिन्छ ।