२ जना बालिका बलात्कारको अभियोगमा कैलालीमा २ जना किशोर पक्राउ

टीकापुर : कैलालीमा २ बालिका बलात्कार गरेको अभियोगमा २ जना किशोर पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमका अनुसार टीकापुर नगरपालिका-७ प्रतिपुरका १८ वर्षका किशोरले ११ वर्षिया बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरिएको हो । अभियुक्तले ११ फागुनको ७ बजे राति बालिकालाई बलात्कारको प्रयास गरे पनि घट्ना शुक्रबार बिहान सार्वजनिक भएको थियो ।
त्यसैगरी कैलालीको जानकी गाउँपालिका-५ बाट जोशीपुर गाउँपालिका ४ का वर्ष २३ का आकाशकुमार चौधरीलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको इप्रका टीकापुरले जनाएको छ । ११ फागुनको राति जानकी गाउँपालिका ५ कि १५ वर्षिया बालिकालाई बलत्कार गरेको आफन्तले किटानी जाहेरी दिएपछि चौधरीलाई पक्राउ गरिएको हो । दुबै किशोरबारे अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।