‘मोरिङ्गा बाबा’ हेमन्तलाई विश्व वन्यजन्तु कोषको कन्जरभेसन अवार्ड
नेपालगन्ज : हरित अभियन्ता हेमन्तराज काफ्लेले ५० हजार राशीको अब्राहम कन्जरभेसन अवार्ड २०२१ प्रदान गरिएको छ ।
विश्व वन्यजन्तु कोष नेपालले हरेक वर्ष वन्यजन्तु तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरे वापत व्यक्ति वा समूहलाई प्रदान गरिने अब्राहम कन्जरभेसन अवार्ड काफ्लेलाई प्रदान गरेको हो ।
वातावरण संरक्षणका लागि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाह, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पूर्वमन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, डाक्टर महावीर पुनलगायत सयौं व्यक्तिलाई सितल चिनी (मोरिङ्गा) को बिरुवा दिइसकेका छन् ।
उनी साथीभाइ र समाजका प्रतिष्ठित व्यक्तिको जन्मदिन, वैवाहिक वर्षगाँठ, ब्रतबन्ध र विभिन्न चाडपर्वको अवसर पारेर मोरिङ्गा, निम, जामुन कोइरालो, अगस्त र कागतीका बिरुवा उपहार दिन्छन् । धेरैजसो बिरुवा मोरिड्डा (सितल चिनी)को दिने भएकाले उनी ‘मोरिङ्गा बाबा’ भनेर चिनिन्छन् ।