आइतवार, मंसिर १४, २०७७ / Sunday 29th November 2020

कोरोना संक्रमित श्रेष्ठ निको भएर घर फर्किन

फोटो सौजन्य : माधवप्रसाद तिवारी

नेपालगन्ज : कोरोना संक्रमण काठमाडौंको शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार गराइरहेकी प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्केकी छन् ।
संक्रमण भएर २७ दिनदेखि अस्पतालमा उपचार गराइरहेको श्रेष्ठ निको भएर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए । कोरोना संक्रमितको परिचय लुकाइरहेको बेला निको भएकी श्रेष्ठ र अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले अनुमतिमा स्वास्थ्य मन्त्रालयले फोटो पनि सार्वजनिक गरेको छ । नेपालमा ३० जना संक्रमित रहेकोमा श्रेष्ठसँगै दुई जना उपचारपछि घर फर्किसकेका छन् । शुक्रबार उदयपुरमा एकै पटक १४ जनामा कोरोना संक्रमण भएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *