बाँकेमा १३ जनाको कोरोना जाँच, ७ जनाको रिपोर्ट नेगेटिभ

फाइल फोटो

मेरो खुसी संवाददाता
नेपालगन्ज : बाँके जिल्लामा शंकास्पद १३ जनाको कोरोना भाइरसको जाँच गरिएको छ । ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ अर्थात ती ब्यक्तिलाई कोरोना नभएको पुष्टि भएको छ ।
नेपालगन्जको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाका अनुसार काठमाडौंको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले ७ जनाको रिपोर्ट नेगेटिभ भएको पठाएको छ । नेपालगन्जको क्वारेन्टइनमा राखेका थप ६ जनाको कोरोना जाँच (स्बाव परीक्षण) का लागि पठाइएको छ । ‘अहिलेसम्म कसैमा पनि कोरोना भएको भेटिएको छैैन । अस्पतालको आइसोलेसनमा पनि अहिले कोही पनि छैनन्’, डा.थापाले मेरो खुुसी डटकमसँग भने, ‘सरकारले भेरी अस्पतालमा कोरोना जाँचका लागि प्रयोगशाला स्थापना हुने कुराले हामी खुसी भएका छौं तर समाचारवाहेक अस्पताललाई अहिलेसम्म कुनै पनि निकायबाट प्रयोगशाला स्थापना गर्नेबारे कुनै जानकारी पाएको छैन ।’