स्याकद्वारा बाँकेका स्थानीय तहलाई ८० हजार सहयोग

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई रकम हस्तान्तरण गर्दै स्याक सुपरभाइजर पुष्पाकुमारी सुनार । फोटो : नागरिकसमाज डटकमबाट

नेपालगन्ज : सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेले जिल्लाका स्थानीय तहलाई ८० हजार रुपैयाँ सहयोग गरेको छ ।
जिल्लाका ८ वटै स्थानीय तहको कोरोनाविरुद्धको कोषमा जनही १० हजार रुपैयाँका दरले सहयोग गरेको हो । कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतलाई फिल्ड सुपरभाइजर लसिना वली, जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई फिल्ड सुपरभाइजर पुष्पाकुमारी सुनारलगायतले जिल्लाका अन्य स्थानीय तहमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।
स्याकले बाँकेका ८ वटै स्थानीय तहसँगको सहकार्यमा बालविवाह रोकथाम परियोजना सन्चालन गरेको छ ।