डुडुवा गाउँपालिकाको हरेक घरमा साबुन र मास्क वितरण

फोटो सौजन्य : डुडुवा गाउँपालिका

नेपालगन्ज : डुडुवा गाउँपालिकाले हरेक घरमा साबुन र मास्क वितरण शुरु गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सर्वसाधारणलाई जोगाउन गाउँपालिकाको १ देखि ६ नम्बर वडाका १० हजार जनालाई वितरण सुरु गरेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । प्रत्येक घरधुरीले दुई वटा साबुन र ४ वटा मास्क पाउने छन् ।