भेरीको कोरोना ल्याब : पाँच दिनभित्र पीसीआर जडान गर्ने कम्पनीलाई जिम्मा, मेसिन आजै काठमाडौंबाट ल्याइँदैै

मेरो खुसी संवाददाता

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९) जाँचका लागि पीसीआर मेसिन आइतबार काठमाडौंबाट गाडीमा नेपालगन्ज ल्याउन लागिएको छ ।
अस्पतालको मूल्यांंकन समितिको शनिबार साँझ बसेको बैठकले टेण्डर दर्ता गर्ने चार वटा कम्पनीमध्ये पाँच दिनभित्र उपकरण जडान गरिसक्ने कम्पनीलाई जिम्मा दिएको हो ।
समितिका अध्यक्ष डा. बद्रि चापागाईले मेरो खुसी डटकमसँग भने, ‘आज सामान काठमाडौबाट आउँदैछ । ढिलोमा पनि एक हप्ताभित्र कोरोनाको जाँच सुरु हुन्छ । सामान आएपछि हामी चाँडोभन्दा चाँडो जाँच गर्ने तयारीमा छौं । त्यो तीन दिनभित्र पनि हुनसक्छ ।’ भेरी अस्पतालको पीसीआर मेसिन ल्याउने गाडीमा काठमाडौंबाट खजुरा क्यान्सर अस्पतालका लागि एउटा भेन्टिलेटरको सामान पनि आउँदैछ ।