नेपालगन्ज जेसीजबाट आँखा अस्पताललाई पीपीइ सहयोग

जेसीज अध्यक्ष प्रज्वल श्रेष्ठ आँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्मालाई पीपीइ हस्तान्तरण गर्दै । फोटो सौजन्य : नेपालगन्ज जेसीज

मेरो खुसी संवाददाता
नेपालगन्ज : फत्तेबाल आँखा अस्पताललाई नेपालगन्ज जेसीजले १० थान पीपीइ सहयोग गरेको छ ।
जेसीजका अध्यक्ष प्रज्वल श्रेष्ठले अस्पतालका प्रबन्धक कौशलकुमार वर्मालाई सोमबार पीपीइ हस्तान्तरण गरेका हुन् । सहयोगपछि अध्यक्ष श्रेष्ठले मेरो खुसी डटकमसँग भने, ‘अरु अस्पतालमा पीपीईको व्यवस्था भइरहेको छ । आँखा अस्पतालमा कतैबाट उपलब्ध नभएको थाहा पाएपछि सहयोग गरेका हौं ।’ कार्यक्रममा जेसीजका सामाजिक संघसंस्था संयोजक प्रकाश कुँवर, पूर्वअध्यक्ष अर्जुन भट्टराईलगायतको सहभागिता रहेको थियो ।