बाँकेको सीमा बस्तीमा साइगाउँदेखि जैसपुरसम्म लकडाउन यस्तो देखियो (फोटो फिचर)

मेरो खुसी फोटो पत्रकार

साइगाउँ (बाँके) : बाँकेको जानकी गाउँपालिकाको शिवपुरी, बढैया, साइगाउँहुँदै नेपालगन्जको जैैसपुरसम्म मेरो खुसीले गरेको स्थलगत रिपोर्टिङका सीमाका वस्तीमा लकडाउन पूर्ण पालना भएको देखिएन । स्थानीयले एक मिटरको दूरी पालना र सुरक्षाका विधि अवलम्वन गरेको पाइएन । सीमा पारी जान नपाउनु वाहेक लकडाउन उनीहरुका लागि गाउँमा निर्वाध घुमफिर गर्न छुट जस्तै पाइयो । कतै गहुँ काट्दै गरेको त कतै तरकारी पसलमा भीँडभाँडमा भेटिएका थिए ।