भारतमा कोरोना संक्रमित मृत्युदर २४ प्रतिशत, २४९ को मृत्यु

Source : https://www.worldometers.info

नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) बाट छिमेकी भारतमा शनिबार बिहान १० : ३० सम्म दुई सय ४९ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितमध्ये झन्डै एक चौथाइ अर्थात २४ प्रतिशतको मृत्यु भएको छ ।
कोरोना भाइरसको विश्वव्यापी अपडेट गर्ने साइट वल्र्डोमिटरर्स डटइन्फोले भारतमा सात हजार ६ सय संक्रमित भएकोमा मृत्यु भएका दुई सय ४९ र सन्चो भएर फर्केका सात सय ७४ को गरी एक हजार २३ जनाको अनुपात निकालेको छ । जसमा सन्चो भएका र अस्पतालमबाट डिस्चार्ज भएका ७६ प्रतिशत र मृत्यु २४ प्रतिशत देखाइएको छ ।
अप्रिल महिना सुरु भएसँगै भारतमा कोरोना संंक्रमण र मृत्युदरको ग्राफ ह्वात्तै बढेको छ । भारतमा संक्रमित मृत्युदर बढ्नु भनेको सीमावर्ती नेपालका लागि खतरा देखिन्छ । भारतका विभिन्न राज्यबाट घर फर्केका नेपालीहरुको खोजीखोजी कोरोना परीक्षण गर्न जरुरी छ ।