विपन्न वर्गको लागि नेपालगन्जको पाँच ठाउँमा निःशुल्क भन्डारा सन्चालन हुने

सांकेतिक फोटो : इन्टरनेटबाट

नेपालगन्ज : विपन्न वर्गलाई लक्षित गरी नेपालगन्ज उपमहानगरपालिकाले पाँच ठाउँमा भण्डारा सन्चालन गर्ने भएको छ ।
डकडाउनका कारण बाहिरबाट आएर नेपालगन्जमा बसोबास गर्ने विपन्न समुदायका ब्यक्तिलाई लागि खानाको व्यवस्था गर्न हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिरको पार्क, रामलीला मैदान, आदर्श मावि राँझा र शिक्षण अस्पताल पछाडिको आँप बगियामा निःशुल्क भण्डारा सञ्चालन गरिने उपमहानगरका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।