बाँकेमा कोरोनाको -यापिट टेस्ट पालिकास्तरमा

नेपालगन्ज : जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आठ वटै स्थानीय तहको क्वारेन्टाइनबाट घर फर्कनेहरुको कोरोनाको -यापिड टेस्ट पालिकास्तरबाटै गर्ने व्यवस्था मिलाएको छ ।
कार्यालयले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको -यापिड जाँच गर्नका लागि प्रत्येक पालिकाका एक एक जना स्वास्थ्यकर्मीलाई शनिबार एकदिने अभिमुखिकरण तालिमको आयोजना गरेको छ । जिल्लाका ८ वटै पालिकाका तालिम लिएका स्वास्थ्यकर्मीले -यापिड टेस्ट गर्ने कार्यालयको कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् । -यापिड जाँच गर्नका लागि १४ दिनसम्म क्वारेन्टाइनमा बसेको हुनुपर्ने प्रावधान छ ।
बाँकेमा जाँच गरिएका ७० जनाको ‘थ्रोट स्वाब’ परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, आर्मी अस्पताल र दशगजा क्षेत्रमा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको परीक्षण गरिएको छ । जिल्लामा अहिलेसम्म चार सय ८९ जनालाई राखिएको छ । जसमध्ये ४६ महिला र ४ सय ४३ पुरुष छन् ।