नेपालगन्जमा औसत ६० रुपैैयाँ किलोमा तरकारी (सूचीसहित)

सबैभन्दा महंगो भिन्डी १२० रुपैयाँ किलो, सस्तो मुला ३० रुपैयाँ किलोमा खुद्रा बिक्री
रानी तलाउ तरकारी मण्डी । फोटो : मेरो खुसी

नेपालगन्ज : लकडाउनमा पनि नेपालगन्जमा औसत ६० रुपैयाँ किलोमा तरकारी बिक्री भइरहेको छ ।
रानी तलाउ तरकारी मण्डीले शनिबार सार्वजनिक गरेको १९ वटा तरकारीको मूल्यसूची विश्लेषण गर्दा औसत ६० रुपैयाँमा एक किलो तरकारी बिक्री भइरहेको छ ।
बजारमा सबैभन्दा महंगो तरकारी भिन्डी एक सय २० रुपैयाँ किलो रहेको छ । सबैभन्दा सस्तो मुला ३० रुपैयाँ किलोमा पाइन्छ । लसुन प्रति किलो तीन सय रुपैयाँ छ । त्यसैगरी अदुवा दुई सय २० र कागती एक सय ६० रुपैयाँ किलो रहेको छ । दुई सय ४० रुपैयाँ प्रति किलो पाइने कागतीको मूल्य भने अहिले घटेको हो ।