सदभाव ग्रुपले बाँड्यो, ४० पत्रकारलाई एन-९५ माक्स

नेपालगन्ज : सदभाव ग्रुप प्रा.लि.ले बाँकेका ४० जना पत्रकारलाई एन-९५ माक्स वितरण गरेको छ ।
लकडाउनका बेला पनि स्थलगत समाचार संकलन गर्ने नेपालगन्जमा सक्रिय पत्रकारहरुलाई २० हजार रुपैैयाँको माक्स वितरण गरिएको हो । ग्रुपका अध्यक्ष दामोदर भण्डारीले एन-९५ माक्स लगाएर मात्र कोरोनाबाट जोगिन सकिने भए पनि अधिकांश पत्रकारले सर्जिकल र कपडाको मात्र लगाएर समाचार संकलन गरेको देखेपछि पत्रकारलाई जोगाउन माक्स वितरण गरेको बताए । अध्यक्ष भण्डारीले भने, ‘चिकित्सकले एन-९५ माक्सले कोरोना संक्रमण शतप्रतिशत रोक्ने बताएका छन् । यस्तो माक्स धेरै पत्रकारले लगाएको देखेन । फिल्डमा अहोरात्र खटिने पत्रकारका लागि केही राहत हुन्छ भनेर व्यक्तिगत लगानीमा वितरण गरेको हुँ ।’