दलितका लागि राहात लिन ३३९ किलोमिटर यात्रा…

आर्ट अफ लिभिङबाट जुम्लाका चन्दनाथ नगरपालिकाका दुई सय, गोठीचौर, तीला र कनक सुन्दरी तीन गाउँपालिकाका एक/एक सय गरी ५०० दलितलाई खाद्यान्न सहयोग
आर्ट अफ लिभिङ नेपालगन्ज सेन्टरका संयोजक संजय थापालगायत जुम्लाका पूूर्वसभासद् देवीलाल थापालाई एक ट्रक राहात हस्तान्तरण गर्दै । फोेटो : मेरो खुसी

नेपालगन्ज : जुम्ला गोठीचौर-५ का तप्तराज गिरीले जुम्ला-नेपालगन्जसम्मको तीन सय ३९ किलोमिटर यात्रा गरे । स्थानीय तहको निर्वाचनमा वडामा पराजित भएका तिनै गिरी लकडाउनबाट खाद्यान्न अभाव भएका आफ्नो वडालगायत जिल्लाका चन्दनाथ नगरपालिकाको दुई सय, गोठीचौर, तीला र कनक सुन्दरी गाउँपालिकाका एक/एक स गरी पाँच सय अति विपन्न दलित परिवारलाई कम्तीमा एक हप्ता पुग्ने एक ट्रक खाद्यान्न बोकेर मंगलबार खुसी हुँदै जुम्ला फर्के ।

खाद्यान्न सहयोगको चाँजोपाँजो मिलाएका थिए, जुम्लाका पूर्र्वसभासद् देवीलाल थापाले । लकडाउनबाट अति विपन्न दलित परिवारलाई खाद्यान्न अभाव भएको खबर थापाले संविधानसभा सदस्य हुँदाका दौंतरी उद्योगी एवं सांसद विमल केडियालाई जानकारी गराएका थिए । सांसद केडियाको संयोजनमा अध्यात्मिक संस्था आर्ट अफ लिभिङले राहात उपलब्ध गराएको हो ।
आर्ट अफ लिभिङ नेपालगन्ज सेन्टरका संयोजक संजय थापाले मंगलबार पूूर्वसभासद् थापालाई राहात हस्तान्तरण गरेका हुन् । राहात हस्तान्तरण कार्र्यक्रममा आर्ट अफ लिभिङ नेपालगन्ज सेन्टरका सदस्य जयनारायण शाह, माला शर्माका साथै स्वयंसेवकहरु राजु काफ्ले, सुधीर गौतम, दीपेन्द्र रावललगायतको सहभागिता रहेको थियो ।

कोरोना भाइरस (कोभिड १९) को महामारीका बेलामा विपन्न, श्रमिक तथा समस्यामा परेका व्यक्तिहरुलाई मानवीय सहायता अन्तर्गत सहयोग गरेको नेपालगन्ज सेन्टरका संयोजक थापाले प्रष्ट पारे । पूर्वसभासद् थापाले राहात सामग्री अति विपन्न दलितलाई वितरण गरिने बताए । प्रति परिवारका लागि ११ किलो चामल, साढे एक किलो दाल, एक लिटर तेल, १५ पोका चाउचाउ, एक किलो नुन र एक थान साबुन राहात सामग्री रहेको छ ।