नेपालगन्जमा सर्वाधिक गर्मी, तापक्रम ३७ डिग्री 

नेपालगन्ज : मंगलबार नेपालगन्जमा सर्वाधिक गर्मी महसुस गरियो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार नेपालगन्जमा ३७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । जब कि न्यूनतम् तापक्रम नै २२ डिग्री सेल्सियस रहेको थियो । जुन नेपालमा सबैभन्दा बढी तापक्रमको दोस्रो स्थान हो । सबैभन्दा बढी तापक्रम भने कैलालीको धनगढीमा ३७.२ मापन गरिएको महाशाखाले उल्लेख गरेको छ । धनगढीमा न्यूनतम् तापक्रम पनि अन्य स्थानको भन्दा बढी नै २२.२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *