९ वर्षीया बालिकासहित नेपालगन्जमा थप ७ जनामा कोरोना

नेपालगन्ज : पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको थ्रोट स्वाब परीक्षण गर्दा मंगलबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बिहान ७ः४५ मा प्रकाशित विज्ञप्तीमा नेपालगन्ज ८ का ४ महिला (९, ३२, ३४, ५५ वर्ष) र तीन पुरुष (२२, ३० र ४० वर्ष) मा कोरोना संक्रमण भएको जनाएको छ । नेपालगन्जमा ७ वर्षीया र ९ वर्षीया दुई जना बालिकामा कोरोना देखिएको छ ।
आइतबार १५ जनामा एकैदिन कोरोना संक्रमण भएको थियो । नेपालगन्जमा कोरोना संक्रमित व्यक्तिको संख्या २३ पुगेको छ । नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ ।