नेपालगन्जका ५४ मध्ये ३४ को रिपोर्ट नेगेटिभ

नेपालगन्ज : नेपालगन्जमा मंगलवार राति संकलन गरिएका ५४ वटा थ्रोट स्वाबमध्ये ३४ वटा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
२२ जना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपालगन्जको रानीतलाउस्थित सब्जी मण्डी, भैरव टोल, नाउ टोल, टाँगा स्टेशनलगायतका स्थानमा गरिएको स्वाब संकलन मध्ये ३४ जनाकै नतिजा नेगेटिभ आएको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालको कोरोना प्रयोगशालामा नेपालगन्जका २०, मेडिकल कलेज र बर्दियाका १२ नमूनाको परीक्षण भइरहेको अस्पतालले जनाएको छ । बुधबार पनि संक्रमित क्षेत्रमा थप नमूना संकलनको काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।