समुदायस्तरमा कोरोना संक्रमणबारे डब्लुएचओको नेपालगन्जमा अनुसन्धान सुरु

नेपालगन्ज : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले मंगलबारदेखि नेपालगन्जमा कोरोना संक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।
डब्लुएचओबाट डा.राजेन्द्र पाटिलको नेतृत्वमा तीन जना चिकित्सकसहितको टोलीले एक जना ब्यक्तिबाट कसरी समुदायस्तरमा कोरोना संक्रमण फैलियो भन्ने विषयमा अनुसन्धान गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
डा.पाटिल नेतृत्वको टोली भारतको नयाँ दिल्लीबाट आएको हो । यो अनुसन्धान टोलीमा डब्लुएचओको नेपालको टोली र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली पनि खटेको छ ।
एक जना मात्र संंक्रमित देखिँदा समुदायका २२ जनामा कसरी कोरोना फैलियो भन्नेमा अध्ययन केन्द्रीत रहेको बताइएको छ । अध्ययन टोलीले केस स्टडी (घटना अध्ययन) गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *